एजेन्सी । विश्वभर फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण संक्रमित हुनेहरुको सङ्ख्या मंगलबारको रिपोर्ट अनुसार १८४,९७६ पुगेको छ भने ७,५२९ जनाको मृत्यु भइसकेको छ । डब्ल्यूएचओले कोरोनालाई महामारीको रुपमा घोषणा गरिसकेको छ । विभिन्न देशहरुले आपतकालीन घोषणा गरेका छन् । उद्गम देश मानिएको चीनमा भने धेरै सुधार हुँदा इटाली, इरान लगायतका विभिन्न देशमा कोरोनाको संक्रमण बढिरहेको छ ।
कोरोनासम्बन्धि ८ प्रश्नहरूको बारेमा यहाँ छोटकरीमा वर्णन गरिएको छ
१। कोरोनाको लक्षण देखिन कति समय लाग्छ ?
वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको संक्रमणपछि यसको लक्षण देखिन पाँच दिनको समय लाग्ने बताएका छन् तर कुनै मानिसमा भने यसको लक्षण देखिन पाँच दिनभन्दा बढी लाग्न सक्छ ।
विश्व स्वास्थ्य संघका अनुसार कोरोनाबाट संक्रमित व्यक्तिमा लक्षण १४ दिनसम्म रहन्छ तर केही अनुसन्धानकर्ताहरुले भने लक्षण २४ दिनसम्म रहन सक्ने बताएका छन् ।
इन्कुवेसन पिरियड अथवा संक्रमित भइसकेपछि लक्षण देखिन थाल्नुबीचको समयलाई बुझ्नु आवश्यक हुन्छ । भाइरसबाट संक्रमित भएपछि र त्यसको लक्षण देखिनुबीचको अवधिलाई इन्कुवेसन पिरियड अर्थात् उष्मायन अवधि भनिन्छ ।
२। फ्लू अनि कोरोना भाइरसमा के फरक छ ?
कोरोना भाइरस अनि फ्लूमा धेरै लक्षणहरु एउटै खालका छन् । बिना मेडिकल टेष्ट फरक छुट्याउन गाह्रो हुन्छ । कोरोना भाइरसको प्रमुख लक्षण ज्वरो हो । फ्लूमा धेरैजसो घाँटी दुख्ने गर्दछ । कोरोना भाइरसबाट संक्रमित भएको मानिसलाई सास फेर्न गाह्रो हुन्छ ।
३। कसरी एकान्तमा बस्ने ?
सेल्फ आइसोलेसन अर्थात् आफूलाई भीडभाडबाट टाढा राख्ने अथवा काम, विद्यालय, लगायतका सार्वजनिक स्थानमा नगई घरैमा बस्ने । घरभित्र पनि परिवारका सदस्यहरुलाई छुट्टाछुट्टै राख्नु राम्रो हुन्छ ।
४। दमका बिरामीलाई कोरोना भाइरस कत्तिको खतरा ?
दमका बिरामीलाई कोरोना संक्रमित भएमा समस्या झन् बढ्न सक्छ । कोरोना भाइरसले श्वासप्रश्वास प्रक्रियामा बढी असर गर्दछ ।
५। ढोकाको ह्याण्डलबाट कोरोना फैलिन सक्छ ?
यदि कुनै संक्रमित व्यक्तिले हाच्छ्युँ गर्ने बेलामा मुख हातमा लिएर गयो अनि त्यहीं हातले कुनै वस्तुलाई समात्यो भने त्यो विषाणुयुक्त हुने गर्दछ ।
ढोकाको ह्याण्डल पनि यहीं उदाहरणजस्तै दोस्रो व्यक्तिमा संक्रमण हुने खतरा हुन्छ । विज्ञहरु कोरोना भाइरस जुन सतहमा पनि अस्तित्वमा रहन सक्ने बताएका छन् । यसकारणले बेला बेलामा हात धोइरहनु आवश्यक हुन्छ ।
६। स्विमिंग पुलमा पौडिनु कति सुरक्षित ?
धेरैजसो स्विमिंग पुलमा क्लोरिन मिसाएको हुन्छ । क्लोरिन यस्तो खालको रसायन हो जसले जिवाणु तथा विषाणु नष्ट हुने गर्दछ । यसकारण कुनै स्विमिंग पुलमा क्लोरिन मिसाएको छ भने त्यसमा पौडी खेल्न सुरक्षित हुन्छ तर पुलमा संक्रमित व्यक्तिले खोक्दा अथवा हाच्छ्युँ गर्दा भने संक्रमित हुने सम्भावना बढी हुन्छ ।
७। मास्क लगाउनु कति जरुरी ?
ब्रिटेनको स्वास्थ्य विभागले भाइरसबाट बच्नको लागि मास्क लगाउन सिफारिस नगरे पनि मास्क लगाउँदा केही फरक भने पर्छ । तर यो होइन कि मास्क लगाएर संक्रमित भइंदैन । मास्क लगाउनुका साथै नियमित रुपमा सरसफाइमा ध्यान दिइयो भने कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।
८। कोरोना भाइरस बच्चाहरुमा कति खतरा ?
चीनको आँकडा अनुसार बच्चाहरु तुलनात्मक रुपमा कोरोनाको संक्रमणबाट बचेका छन् । तर जुन बच्चामा फोक्सोको समस्या छ, उसमा सावधान हुनु पर्दछ । यस्तो अवस्थामा भाइरसको संक्रमण हुन सक्दछ । भाइरस फैलिन नदिन विद्यालय बन्द गर्नु अझ राम्रो हुन्छ ।
सुरुवाती असर
कोरोना भाइरस शरीरको भित्र पुगेपछि सर्वप्रथम सास फेर्न गाह्रो हुन्छ । भाइरसले सर्वप्रथम घाँटीको आसपासको कोशमा हमला गर्दछ । त्यसपछि यसले श्वासनली र फोक्सोमा आक्रमण गर्दछ । श्वासनली र फोक्सोमा नै भाइरसले आफ्नो सङ्ख्या बढाउँछ । नयाँ बनेका भाइरस शरीरको बाँकी कोशमा आक्रमण गर्न सुरु गर्दछन् । सुरुमा कसैले पनि बिमार भएको अनुभव गदैन । तर कसै कसैमा भने संक्रमणको सुरुवातदेखि नै लक्षण देखिन सुरु गर्दछ ।
भाइरसको इन्कुवेसन पिरियड मानिस अनुसार फरक–फरक हुन सक्छ । औषतमा पाँच दिनको इन्कुवेसन पिरियड हुने बताइएको छ ।
धेरैजसो मानिसमा जुन लक्षण देखिएको छ त्यो सामान्य नै हुन्छ । भनिन्छ कि संक्रमित भएका दश जनामध्ये आठ जनामा निकै सामान्य लक्षण देखिन्छ अनि यो लक्षण खोकी र ज्वरोबाट देखिने गर्दछ । यसै गरी शरीर दुख्नु, घाँटी चिलाउनु अनि टाउको दुख्न पनि सक्छ ।
शरीरको प्रतिरक्षा प्रणालीले भाइरससँग लड्ने कोसिस भने गर्छ । शरीरमा भाइरस छिरेपछि शरीरले पुरै शरीरलाई संकेत दिने गर्दछ । त्यसपछि भाइरसलाई नष्ट गर्नको लागि साइटोकाइन नामक केमिकल निकाल्न थाल्दछ ।
रोग प्रतिरोधात्मक शक्तिले जब भाइरसलाई आक्रमण गर्न थाल्छ तब शरीर दुख्नुका साथै ज्वरो पनि आउने गर्दछ ।
कोरोना भाइरसको संक्रमण भएपछि सुख्खा खोकी लाग्ने गर्दछ । जसमा खकार आउँदैन । कुनै कुनै अवस्थामा भने खोकी नलागी घाँटी चिलाउने मात्र पनि हुने गर्दछ ।
रोग प्रतिरोधात्मक क्षमता
केही मानिसको खोकीमा खकार पनि आउन सक्छ । यस्तो अवस्थामा फोक्सोमा भएका मृत कोशहरु खकारमा मिसिएका हुन्छन् । यस लक्षणमा डाक्टरहरु तपाईंलाई आराम गर्न, धेरै पानी पिउन, अनि पारासिटामोल खानको लागि आग्रह गर्दछन् । यस्तो अवस्थामा अस्पतालमा भर्ना हुनको लागि जरुरी हुँदैन ।
यो स्थिति करिब एक सातासम्म रहने गर्दछ । जुन मानिसको रोग प्रतिरोधात्मक क्षमता भाइरससँग लड्न सक्छ त्यसको स्वास्थ्य एक सातामा सुध्रिने गर्दछ । तर कुनै अवस्थामा भने मानिसको स्वास्थ्य झन् बिग्रिने गर्दछ । त्यसपछि कोभिड–१९ को गम्भिर लक्षण देखा पर्न थाल्दछ ।
कोभिड–१९ को गम्भिर लक्षण
यदि बिमारीको सङ्ख्या बढे भने यसको अरु कारणहरु हुन्छन् । शरीरको प्रतिरोधात्मक क्षमता भाइरसलाई नष्ट गर्ने हेतुले आवश्यकभन्दा बढी काम गर्न थाल्दछ । भाइरसलाई नष्ट गर्ने निस्किएको साइटोकाइन रसायनले शरीर फुल्लिन थाल्दछ । कहिले काहीँ शरीरमा गम्भिर असर पनि पुर्याउँछ ।
फोक्सो सुन्निनुलाई निमोनिया भन्ने गरिन्छ । यो भाइरस मुख, श्वासनली हुँदै फोक्सोमा पुग्छ अनि फोक्सोलाई साना साना हावाका फोकाहरु बनाउन थाल्दछ । फोक्सोको काम शरीरमा भएको कार्बनडाइअक्साइड बाहिर निकाल्नु अनि अक्सिजन भित्र खिच्नु हो तर कोरोना भाइरसले बनाएको हावाका फोकाहरुमा पानी जम्मा हुन थाल्दछ । जसकारणले सास फेर्न गाह्रो हुन्छ अनि लामो सास फेर्न सकिंदैन । यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटरको जरुरत पर्दछ । चीनमा संक्रमण भएका ५६,००० मानिसलाई जम्मा गरी खोजिएको जानकारी अनुसार विश्व स्वास्थ्य संगठनको एउटा अध्ययनले १४ प्रतिशत मानिसमा यसरी संक्रमण हुने गम्भिर लक्षण देखिने बताएको थियो ।
गम्भिर अवस्था
यो पनि बताइएको छ कि ६ प्रतिशत मानिस कोरोना भाइरसको कारण गम्भिर रुपले बिमारी हुन सक्छन् । यस्तो अवस्थामा मानिसको शरीर भाइरससँग लड्न सक्दैन अनि गम्भिर रुपले बिरामी पर्दछ । यस अवस्थामा फोक्सो लगायतका अंगहरुले काम गर्न नसक्नु अनि मृत्युको जोखिम हुने सम्भावना प्रबल हुन सक्दछ । यस अवस्थामा रोग प्रतिरोधात्मक क्षमता क्षमताभन्दा बाहिर जान्छ अनि गम्भिर क्षती पुराउँछ । फोक्सो सुन्निएपछि शरीरलाई आवश्यक पर्ने अक्सिजन मिल्दैन । यसको असर सिधै मिग्रौलामा पनि देखिन सक्छ । मिर्गौलाको साथै शरीरका भित्री अंग पनि प्रभावित हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here