धरानः धरानमा ‘लकडाउन’ अवस्था छ । धरानमा मङ्गलबार भानुचोक चकमन्नझैं बनेपनि अन्य ठाउँमा मानिसको चहलपहल बढेपछि बुधबारदेखि प्रहरीले लकडाउन उल्लङ्घन गर्ने दर्जनौं सवारी र सर्वसाधारणलाई पनि पक्राउ गरेको छ ।
धरानमा आज बुधबार घर बाहिर अनावश्यकरुपमा हिँडडुल गर्ने धेरै सर्वसाधारण पक्राउ परे । तर बुधबार भानुचोक चकमन्न नै बन्यो । लकडाउनअघि साँझको समयमा भानुचोक आसपास पुग्ने जो कोहीले कागको स्वर सुन्दै पाउँदैन थिए । तर बुधबार साँझ कागको मात्रै आवाज सुनिएको इतिहासमै पहिलोपटक हो । साँझको बेला सवारी साधनको चापले कागको आवाज त के सर्वसाधारणले नजिकबाट बोलाएको समेत सुन्न नसकिने अवस्था थियो ।
इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारीअनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म दर्जनौं सवारी चालक पक्राउ परिसकेका छन् । डिएसपी ढुण्डीराज न्यौपानेले बुधबार मात्रै लकडाउन उल्लंघन गर्ने १६५ भन्दा बढी पक्राउ परिसकेका छन् ।
कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपनि धरानमा अटेर गरिएपछि प्रहरीले पक्राउ गर्ने निर्णय मंगलबार नै सार्वजनिक गरिसकेको थियो । स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीलाई निश्चित भूभागमा निषेधाज्ञा वा कफ्र्यु लगाउने अधिकार छ । त्यसलाई पनि अटेर गरे अन्तिम चेतावनी दिने र सुरक्षाकर्मीले बल प्रयोगसमेत गर्न सक्ने व्यवस्था ऐनमा छ ।
धरानमा औषधिबाहेकका अन्य सबै पसल बन्द गर्ने निर्णय समेत भएको थियो । डिएसपी न्यौपानेले लकडाउन दिनभरको लागि मात्र नभएर साँझ, रातिको समयको लागि पनि भएको बताए । भानुचोकमा भेटिएका (भिडियोमा देखिएका) एक ट्राफिक प्रहरीले भनेपनि, ‘कतिपय नेपाली जनतालाई भानुचोकमा बम छ भन्यो भनेपनि सबै हेर्न आइपुग्छन्, फोटो खिच्नुपर्ने, सेल्फी हान्नुपर्ने अनि बम राखेको ठाउँ हेर्नैपर्ने, लकडाउन भनेपछि पनि रमिता हेर्न आइपुग्छन्, लकडाउन नै हो नि, सरकारले सबैलाई बचाउन कोसिस गरिरहेकै छ नि, नेपाली जनता बुझ्नै नसकिने, आखिर हामी खटेको पनि उहाँहरूकै लागि हो नि ।’ 

अघिल्लो दिन धरानमा यस्तो देखिएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here