धरानः धरान उपमहानगरपालिकाको कर घट्ला वा नघट्ला सबैको चासोको विषय बनेको छ ।
धरान उपमहानगरपालिकामा नयाँ मेयर बनेर तिलक राई पुगेपछि कर घट्ला भन्ने सबैको आशा थियो । उनले पनि कर घटाउने भन्दै जनतासँग मत मागेका थिए र उनी पुगेपछि राजश्वको दरहरू पुनरावलोकन गर्न कार्यदल गठन भएको थियो । सो कार्यदलले आइतबार प्रतिवेदन बुझाएको छ ।
वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारामको संयोजकत्वमा बनेको समितिले आइतबार प्रतिवेदन बुझाएको हो । प्रतिवेदनको सुझावका आधारकेही शीर्षकको दस्तुरहरू समायोजन गरिएको छ भने आवमा सबैसँग बसेर छलफलका आधारमा सहमति गरेर समायोजन गरिने मेयर राईले जानकारी दिए । ‘केहीमा समायोजन भएको छ, केहीको लागि आवमा छलफल गरेर सहमतिका आधारमा टुङ्ग्याउँछौं ।’ उनले भने ।
समायोजन अनुसार उपमहानगरले दैनिक सेवा प्रवाह गर्दा लाग्ने दस्तुर तत्काल घटाउने निर्णय गरेको छ । तर, सम्पत्ति कर, सवारीसाधन कर लगायतका करहरू भने आउँदो आर्थिक वर्षमा सम्बन्धित पक्षलाई छलफलमा राखेर मात्र घट्ने भएको छ । ‘आवमा सरोकारवाला सबैपक्षसँग बसेर छलफलपछि कर समायोजन हुनेछ ।’ उनले भने ।
मेयर राईले पदभार ग्रहण गर्दा कर पुनरावलोकन गर्ने निर्णय गरेका थिए । उनले राजस्व र करको दर पुनरावलोकन गर्ने निर्णय सदर गरेका थिए । ‘करलाई व्यवहारिक र वैज्ञानिक बनाइन्छ नै’, उनले भने । नगरवासी र राजनीतिक दलको भावनाअनुसार कर पुनरावलोकन गरी कार्यान्वयनमा ल्याइने मेयर राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here