धरानः शाक्य कल्याण संस्थाले आयोजना गरेको तीनदिने तालिम सकिएको छ । विशेषतः शाक्य महिलाहरूले लाखामरी बनाउने, दुबोको माला बनाउने र सुपारी नरिवल सजाउने सीप सिकेका छन् ।
शाक्य महिला समितिको संयोजकत्वमा सञ्चालन तालिममा ५० जना महिलाहरूले तालिममा सहभागिता जनाएको शाक्य महिला समितिकी संयोजक मञ्जु शाक्यले बताइन् ।
शाक्य कल्याण संस्था धरानको आयोजना गरेको महिला सीप विकास तालिम समापन भएको हो । ३ दिने तालिमबाट महिलाहरुले लाखामरी बनाउने, दुवोको माला बनाउने, नरिवल र सुपारी सजाउने सीप सिक्न सफल भएका छन् । लाखामरी नेवार समुदायको एक महत्वपूर्ण परिकार हो जुन विवाह तथा धार्मिक कार्यहरुमा अति आवश्यक मानिन्छ । त्यस्तै, विवाहमा दुवोको माला, नरिवल र सुपारी पनि वैवाहिक कार्यमा आवश्यक हुन्छ । यिनीहरुलाई कसरी तयार गर्नेे र आकर्षक सजाउने सीप प्रशिक्षकहरु गीता शाक्य र राजी बज्रचार्यले सिकाएका थिए । तालिमबाट महिलाको सीप विकाससँगै उद्यमशिलता विकास र क्षमता विकासमा पनि सहयोग पुगेको शाक्य कल्याण संस्थाका अध्यक्ष अमृतमान् शाक्यले विश्वास ब्यक्त गरेका थिए ।
तालिमको संयोजक लक्ष्मी शाक्य रहेकी थिइन् । सहभागीहरुको तर्फबाट विन्दा आचार्यले छोटो समयमा धेरै कुरा सिक्न पाएकोमा खुशी व्यक्त गरेका थिए । प्रमुअ अतिथि धरान उपमहानगरपालिकाका उप प्रमुख मञ्जु भण्डारी सुवेदीले तालिमको प्रशंसा गर्दैै तालिम लिएकाहरुलाई व्यवसायिक बनाउनु पर्ने करामा जोड दिएको थिए ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत कार्यक्रम संयोजक लक्ष्मी शाक्यले गरेकी थिइन् । शाक्य महिला समतिकी संयोजक मञ्जु शाक्यले महिला समितिले गर्ने काम र सम्पन्न तालिमको उद्देश्यका वारेमा बताएका थिए । स्वयम्भू चैत्य महाविहारका अध्यक्ष कुलदिप शाक्य, नेवाः मिसा दबू धरानकी अध्यक्ष लक्ष्मी शाक्य, महिला संजालकी अध्यक्ष सविता राईले तालिम उपयोगी र प्रभावकारी भएको बताएका थिए । समापन कार्यक्रमको सञ्चालन शाक्य महिला समितिकी सचिव उनिता शाक्यले गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here