दिलकुमार लिम्बू
ताप्लेजुङः अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले सबै स्थानीय तह एकता प्रक्रियालाई पूर्णता दिएका छन् ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा सबै स्थानीय तहको संयोजक, सहसंयोजक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक गरेको हो । संयोजक डिल्लीसाम न्यौपाने र सहसंयोजक किरण लिङदेन नेतृत्वमा ४९ जनाको कार्यसमिति गठन निर्माण गरेको हो ।
कार्यालय सदस्य डिल्लीराम न्यौपाने र किरण लिङदेनको नेतृत्वमा सात सात सदस्य रहने गरी कार्यालय टिम निर्माण गरेको छ । त्यस्तै, सचिवालय सदस्यमा संयोजक डिल्लीराम न्यौपाने र किरण लिङदेनको नेतृत्व रहने गरी १७ सदस्य रहने गरी टिम निर्माण गरेको छ । सबै स्थानीय तहहरुमा इन्चार्ज स–इन्चाज, संयोजक, सहसंयोजक तोकिएको छ ।
सिदिङवा गाउँपाललिकाको लागि इन्चार्ज महेश गौतम सहइन्चार्ज मदिरा दाहाल संयोजक तेन्जित कार्की सहसंयोजक विवेक बानियाँलाई नेतृत्वमा जिम्मा दिएको छ ।
सिरिजङ्घा गाउँपालिकाको लागि इन्चार्ज कुमार भट्टराई सहइन्चार्ज सुवास साम्यु संयोजक सुवास इवारम सहसंयोजकमा प्रमे घतानीलाई नेतृत्वको जिम्मेवारी दिएको छ ।
पाथीभरा याङ्वारक गाउँपालिकाको लागि इन्चार्ज टिकाराम दाहाल सहइन्चार्ज जानुका पौडेल संयोजक काजीमान विष्टि सहसंयोजक रमेश घिमिरेलाई जिम्मेवारी दिएको छ । फुङलिङ नगरपालिकाको लागि इन्चार्ज अनिता पन्दाक सइन्चार्ज खेमकुमारी गिरी संयोजक किरण मादेन सहसंयोजक कोपिला भट्टराईलाई नेतृत्वको जिम्मेवारी दिएको छ । फक्तालुङ गाउँपालिकाको लागि इन्चार्जको लागि कल्पना लिम्बू सहइन्चार्ज नविन सावादिन संयोजक जितेन चेम्जोङ सहसंयोजक सविता लिम्बूलाई नेतृत्व दिएको छ । मिक्वाखोला गाउँपालिकाको लागि इन्चार्ज रमेश कार्की सहइन्चार्ज विक्रम साँवा संयोजक हिण्डुक्पा शेर्पा सहसंयोजक कुशल थलङलाई नेतृत्वको जिमेवारी दिएको छ । मेरिङदेन गाउँपालिकाको लागि इन्चार्ज सुशिल शेर्पा सहइन्चार्ज जयन्ती नाल्बो, संयोजक देविका नाल्बो सहसंयोजक विकेश लिम्बूलाई जिम्मेवारी दिएको छ ।
मैवाखोला गाउँपालिकाको लागि इन्र्चाज तारानाथ श्रेष्ठ सहइन्चार्ज अनिल तामाङ संयोजक रुपेन्द्र वनेम सहसंयोजक अजय शेर्पालाइ नेतृत्वको तोकेको छ । आठराई त्रिवेणी गाउँपालिकाको लागि इन्चार्ज सुमन नेपाली सहइन्र्चाज सरिता आङबुहाङ संयोजक अविरसिं यक्यो सहहसंयोजक मिलन प्रधानलाई नेतृत्वको जिमेवारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here