धरानः यस वर्ष प्रदेश १ बाट ८४ हजार बढी विद्यार्थी एसइई लेख्ने भएका छन् । यस वर्ष सुनसरीबाट १३ हजार एक विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सहभागिता जनाउने भएका छन् ।
आगामी चैत ६ गतेदेखि हुन लागेको परीक्षामा प्रदेश १ बाट ८४ हजार बढी विद्यार्थीले सहभागिता जनाउँदैछन् । ८४ हजार १ सय ६ जना विद्यार्थीले यस वर्षको परीक्षामा सहभागिता जनाउने शिक्षा विकास निर्देशनालय धनकुटाका शाखा अधिकृत यादवप्रसाद दुलालले जानकारी दिए ।
प्रदेशका १४ जिल्लाबाट साधारणतर्फ ७९ हजार ७ सय २६, प्राविधिकतर्फ १ हजार ७ सय ५५ र ग्रेट वृद्धितर्फ २ हजार ६ सय २५ परीक्षार्थी सहभागी हुने उनले बताए । सुनसरीबाट १ हजार १ सय, धनकुटाबाट २ हजार ९ सय, भोजपुरबाट ३ हजार १ सय, पाँचथरबाट ३ हजार ८ सय, इलामबाट ४ हजार ८ सय, तँप्लेजुङबाट २ हजार ४ सय, झापाबाट १६ हजार, संखुवासभाबाट २ हजार ८ सय, सोलुखुम्बुबाट १ हजार ८ सय, ओखलढुंगाबाट २ हजार ७ सय, खोटाङबाट ३ हजार ७ सय र उदयपुरबाट ६ हजार विद्यार्थीले एसइई दिँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here