धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका बालबालिकाले फेसन प्रदर्शन गरेका छन् ।
१२ बजेदेखि शुरू भएको एकेडेमीका ३१ औं वार्षिकोत्सव साढे ६ बजेसम्म चलिरह्यो । कार्यक्रमको अन्त्यमा राखिएको फेसन शो मा अन्तिम समयसम्म पनि अभिभावक प्रतिक्षारत थिए । साना साना बालबालिकाले जातीय पहिरन साथै लाहुरे, डाक्टर, पाइलटलगायतको फेसनमा सजिएर क्याटवाकमा निस्किएका थिए ।
उनीहरूको रयाम्प वाक वयस्कहरूको भन्दा कम आकर्षक थिएन । आत्मविश्वास, प्रस्तुति एवं स्टाइल पनि दमदार थियो । रंगी–विरङ्गी, मनमोहक पहिरनमा सजिएका उनीहरूको समग्र हावभाव लोभलाग्दो देखिन्थ्यो । दर्जनभन्दा बढी बालबालिकाले मोडलका रूपमा प्रस्तुत हुँदै भिन्न खालको खुबी प्रस्तुत गरे । स्कुलकै पूर्व विद्यार्थी एवं मिस एसइइ २०१८ की विजेता नविना मग्रातीले फेशन शो को कोरियोग्राफर गरेका थिए ।
फोटोः हाम्रो कोशी आवाज डटकम 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here